Logo

शुक्रवार, भाद्र १९ गते २०८३

सडकमा उत्रियो राप्रपा

सडकमा उत्रियो राप्रपा

नयाँ लहर

२७, भाद्र २०८०
सडकमा उत्रियो राप्रपा

संसदको पाँचौ ठुलो पार्टी राप्रपाले बुधबार काठमाडौँमा आज विरोध  प्रदर्शन गरेको छ ।

गौहत्या अन्त्य गर्नुपर्ने, सामाजिक सद्भाव कायम गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, महँगी नियन्त्रण गर्नुपर्ने र हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने माग राख्दै राप्रपासहित पार्टी निकट सङ्गठनले प्रदर्शन गरेको हो । देश र धर्मको रक्षा तथा भ्रष्टाचारको विपक्षमा राप्रपाले काठमाडौँको भृकुटीमण्डपदेखि शान्तिवाटिकासम्म र्‍याली निकालेको थियो ।

भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचार काण्डको पूर्ण छानबिन, सुशासनको प्रत्याभूति, शिथिल अर्थतन्त्रमा सुधार र स्वदेशमा रोजगारी सिर्जना, मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत प्रदान गरिनुपर्नेलगायतका विषयमा माग गर्दै प्रदर्शन गरिएको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - २२:४७:०८ बजे

नयाँ लहर

सम्बन्धित समाचार