Logo

शनिवार, भाद्र २० गते २०८३

प्रेमकुमार खत्रीविरुद्ध आचारसंहिता विपरीत गतिविधि भएको भन्दै कांग्रेस गोरखाको आपत्ति

प्रेमकुमार खत्रीविरुद्ध आचारसंहिता विपरीत गतिविधि भएको भन्दै कांग्रेस गोरखाको आपत्ति

नयाँ लहर

१७, फाल्गुण २०८२
प्रेमकुमार खत्रीविरुद्ध आचारसंहिता विपरीत गतिविधि भएको भन्दै कांग्रेस गोरखाको आपत्ति

 नेपाली कांग्रेस गोरखाले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मुखमा पार्टीका उम्मेदवारको चरित्र हत्या गर्ने गरी भ्रामक प्रचार भएको भन्दै आपत्ति जनाएको छ। 

निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिता विपरीतका गतिविधि बढेको भन्दै कांग्रेस गोरखाले आइतबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेको हो।

जिल्ला सभापति नन्द प्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा गोरखा क्षेत्र नं. १ का उम्मेदवार प्रेम कुमार खत्रीको विरुद्धमा नियोजित रूपमा दुष्प्रचार गरिएको उल्लेख छ । एसई दि हिमालयका सञ्चालक समेत रहेका खत्रीमाथि सीआईबीबाट अनुसन्धान भइरहेको भनेर भ्रामक प्रचार भएको कांग्रेसको भनाइ छ । 

निर्वाचनको अन्तिम समयमा आएर गरिने यस्ताखाले भ्रामक प्रचारको पछि नलाग्न कांग्रेसले मतदाताहरूलाई आग्रह गरेको छ।  यसैबीच  एसई दि हिमालयले पनि एक विज्ञप्तिमार्फत खत्रीसम्बन्धी कुनै पनि अनुसन्धान हालसम्म नभएको सम्बन्धित ठाउँबाट जानकारी प्राप्त भएको स्पष्ट गरेको छ । 

प्रकाशित मिति :फाल्गुण १७, २०८२ आइतवार - २०:०४:०९ बजे

नयाँ लहर