Logo

शनिवार, भाद्र २० गते २०८३

जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै

जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै

नयाँ लहर

८, आश्विन २०८२
जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै

काठमाडौँ । जेनजी विद्रोहपछि उत्पन्न नयाँ राजनीतिक परिस्थिति र त्यसले ल्याएका चुनौती तथा सम्भावनाबारे कार्यदिशा तय गर्न नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको विशेष विस्तारित बैठक आज काठमाडौंमा बस्दैछ।

दीपज्योति ब्याङ्कीट, बौद्धस्थित पिपलबोट नजिक आयोजना हुने बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विशेष राजनीतिक प्रस्ताव पेश गर्ने तयारी गरिएको छ।

बिहान १० बजे सुरु हुने बैठकमा पार्टीका शीर्ष नेतृत्व, केन्द्रीय सदस्य, प्रदेश संयोजक, जिल्ला संयोजकसहित आमन्त्रित प्रतिनिधि र विज्ञहरूको उपस्थिति रहने सो पार्टीले जनाएको छ । 

प्रकाशित मिति :आश्विन ८, २०८२ बुधवार - ०६:५०:५९ बजे

नयाँ लहर