काठमाडौँ । नेपाली कांग्रेसभित्र देउवा विरोधी मोर्चामा रहेका नेताहरुले छलफल तीव्र बनाउन थालेका छन् । देउवाको कार्यशैलीलाई लिएर विरोधी मोर्चाको प्रतिनिधित्व गर्ने केही नेताहरुले भदौ २४ देखि रुपान्तरण अभियान सञ्चालन गर्ने घोषणा गरिसकेका छन् ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मासहितका एक दर्जन हाराहारीका प्रभावशाली नेताहरुबीच आइतबार राति छलफल भएको छ ।
नेता अर्जुन नरसिंह केसीको निवास इटालीटारमा नेताहरुबीच डिनरसहितको छलफल भएको हो ।
सो क्रममा समसामयिक राजनिति घटनाक्रम, सरकारको काम कारवाहीका साथै पार्टी रुपान्तरण तथा वैचारिक पुनर्जागरणका विषयमा छलफल भएको थियो । यस्तै छलफलमा निकट भविष्यमा एकजुट भएर अगाडि बढ्नेबारेमा समेत छलफल भएको बताइएको छ ।
नेवि संघ केन्द्रीय सदस्य विजय ढुंगानाका अनुसार गगन विश्वप्रकाशसहित सहमाहामन्त्री बद्री पाण्डे, जिवन परियार, नेताहरु बलबहादुर केसी, दिलेन्द्व बढु, प्रदिप पौडेललगायतका नेताहरु सहभागि थिए ।