Logo

शुक्रवार, भाद्र १९ गते २०८३

बालेनको अभिव्यक्ति

बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिँदा १८ मिनेटमा ८५ हजार लाइक ! 

बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिँदा १८ मिनेटमा ८५ हजार लाइक ! 

नयाँ लहर

१६, भाद्र २०८०
बालेनले सिंहदरबारमा आगो लगाउने धम्की दिँदा १८ मिनेटमा ८५ हजार लाइक ! 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने विवादास्पद अभिव्यक्ति दिएका छन् । शनिबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले विवादास्पद अभिव्यक्ति दिएका हुन् । 

उनले विवादास्पद अभिव्यक्ति दिएसँगै यसबारे विभिन्न टिकाटिप्पणी भएका छन् । मेयरजस्तो व्यक्तिले पदीय दायित्व र मर्यादा भुलेर जथाभावी अभिव्यक्ति दिएको भन्दै उनको आलोचना भएको छ । 

उनका समर्थकले भने स्थानीय तहमा हेप्ने संघीय सरकारलाई बालेनले ठीक गरेका भन्दै हौस्याएका पनि छन् । 
तर शाहले अराजकतालाई प्रशय दिनेगरी आफ्नो अभिव्यक्ति दिएका हुन् ।  उनले संघीय सरकारले महानगरपालिकाको गाडी रोक्ने काम गरेको आरोप लगाउँदै सिंहदरबारमा आगो लगाउने धम्की दिएका हुन् । तर, के कारणले गाडी रोकियो भन्नेबारे उनले खुलाएका छैनन् । 

उनले भनेका छन्, ‘आजको लागी केहि भएन , भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।’

उनको यो विवादास्पद अभिव्यक्तिमा १८ मिनेटमा ८० हजार लाइक्स आएको छ । यस्तै २२ हजार भन्दा बढी कमेन्ट र १० हजार भन्दा बढी पटक शेयर भएको छ । 
शाहको फेसबुक नेपालमा सर्वाधिक रिच हुनेको सूचीमा पर्छ । 

प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - २१:५१:५४ बजे

नयाँ लहर

सम्बन्धित समाचार