Logo

शुक्रवार, भाद्र १९ गते २०८३

साउदी अरबमा पेस्ट्री सेफ सरोज थापाको कला सबैलाई मन्त्रमुग्ध

साउदी अरबमा पेस्ट्री सेफ सरोज थापाको कला सबैलाई मन्त्रमुग्ध

नयाँ लहर

८, आश्विन २०८२
साउदी अरबमा पेस्ट्री सेफ सरोज थापाको कला सबैलाई मन्त्रमुग्ध

साउदी अरब । केम्पिनस्की होटलका एक्जिक्युटिभ पेस्ट्री सेफ सरोज थापाले साउदी अरबको ९५औं राष्ट्रिय दिवसको अवसरमा प्रस्तुत गरेको बेक आर्टले सबैलाई मन्त्रमुग्ध पारेको छ।

थापाले तयार पारेका पेस्ट्री र केकहरू हेर्न आएका साउदी नागरिकसहित अन्य देशका पाहुनाहरू उनको कलात्मकताबाट दंग परे। विविध फ्लेभरका पेस्ट्री र केकलाई अनौठा आकृतिमा प्रस्तुत गर्दा दर्शकहरूले खुलेर प्रशंसा गरेका थिए। धेरैले “यो नेपाली सेफले यस्तो अद्भुत कला कहाँ सिके?” भनेर जिज्ञासा पनि व्यक्त गरेका थिए।

थापाले आफ्नो टिमसँग मिलेर तयार पारेका पेस्ट्री तथा केकहरू होटलको रेस्टुरेन्टमा प्रदर्शनमा राखिएका थिए, जसले अवलोकनकर्तालाई छुट्टै संसारमा पुगेको अनुभूति दिलायो।

नेपालका युवा सेफ थापाले साउदी अरबमै आफ्नो प्रतिभा देखाएर नेपाली पेस्ट्री सेफहरूको क्षमतालाई विश्वसामु चिनाउने काम गरेकोमा सहभागीहरूले गर्व महसुस गरेको प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति :आश्विन ८, २०८२ बुधवार - ०७:१३:५४ बजे

नयाँ लहर