Logo

शुक्रवार, भाद्र १९ गते २०८३

भूकम्पपिडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

भूकम्पपिडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

नयाँ लहर

२२, कार्तिक २०८०
भूकम्पपिडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च युरोप कमिटीले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको छ ।  बुधबार बसेको मञ्चको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले प्रभावित जाजरकोट र रुकुम पश्चिमका बासिन्दालाई ३० लाख ?पैयाँ सहयोग गर्ने निर्णय गरेको सचिव शालिक थपलियाले जानकारी दिए । 

प्रवासी नेपाली मञ्च युरोपका संयोजक मुक्त गुरुङको अध्यक्षतामा बसेको आकस्मिक बैठकले युरोपमा रहेका मञ्चका राष्ट्रिय कमिटीहरुले देखाएको  सक्रियताबाट संकलन गरी छिटो  भन्दा छिटो भूकम्पपिडितहरुलाई  दिइने  निर्णय भएको छ।    संयोजक गुरुङले बैठकमा उपस्थित युरोप कमिटिका पदाधिकारी तथा  राष्ट्रिय कमिटिका पदाधिकारीहरुलाई यस विषम परिस्थितिमा मातृभूमिमा परेको यो क्षतिमा आआफ्नो तर्फबाट योगदान दिन पनि निर्देशन दिए।  

प्रमुख अतिथि प्रवासी नेपाली मंचका  सचिव हेम शेर्पा, मंच अन्तराष्ट्रीय कमिटी सल्लाहकार समिति उपाध्यक्ष तथा एनआरएनका नवनिर्वाचित उपाध्यक्ष  रामशरण सिमखडा, प्रवासी नेपाली मंच स्कुल विभाग प्रमुख गोविन्द पौडेल  लगायत युरोपस्थित प्रवासी नेपाली मंचसंग आबद्धव्यक्तिहरु र राष्ट्रिय कमिटिका अध्यक्ष तथा सचिवहरु उक्त बैठकमा सहभागिता रहेको थियो।

रकम एनआरएनको बद्री केसी समूहसँग मिलेर सहयोग गर्ने समेत बैठकले निर्णय गरेको छ।

प्रकाशित मिति :कार्तिक २२, २०८० बुधवार - २१:५३:२४ बजे

नयाँ लहर