Logo

शुक्रवार, भाद्र १९ गते २०८३

अष्ट्रेलियामा उत्कृष्ट बन्यो नेपालीको डिजिटल मार्केटिङ कम्पनी

अष्ट्रेलियामा उत्कृष्ट बन्यो नेपालीको डिजिटल मार्केटिङ कम्पनी

नयाँ लहर

१, आश्विन २०८०
अष्ट्रेलियामा उत्कृष्ट बन्यो नेपालीको डिजिटल मार्केटिङ कम्पनी

नेपालीले अष्ट्रेलियामा संचालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्ठमा पर्न सफल भएको छ। अष्ट्रेलिया बस्ने नेपालीमूलका यूवाले संचालनमा ल्याएको डिजिटल मार्केटिंग कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ को सिड्नीको स्थानिय व्यवसायलाई दिईने सम्मानका लागी उत्कृष्ठमा परेको हो। सिड्नीको माउण्ट ड्रुईट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल  कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरू मध्येबाट छानिएर उत्कृष्ठहरूमा परेको हो। 

डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाईनिङ, वेब डेभलोपमेन्ट, सर्च ईन्जिन अप्टिमाईजेसन, ब्राण्डिङ साथै सम्पूर्ण डिजिटल मार्केटिंगको काम गर्दछ। गत वर्ष देखि संचालनमा आएको डिजिटल मार्केटिङ कम्पनीले अष्ट्रेलियामा बिजनेस, माईग्रेसन, अष्ट्रेलियाको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाईन मिडिया संचालन गरिरहेको छ। ‘डिजिटल एल्गोरिदम’का बिजनेस डेभेलोपमेन्ट म्यानेजर मदनमणि अधिकारीले व्यवसाय सुरू गरेको पहिलो वर्षको उपलब्धिका रूपमा व्यवसायिक समुदायबाट पाएको सम्मानले आफूहरूलाई हौसला थपेको बताए। ‘हामीलाई आफ्नो व्यवसायको सफलताको सारथी बनाउनुहुने सबै व्यवसायी र ग्राहक वर्ग नै यसखालको सम्मानको असली हकदार हुनुहुन्छ’ अधिकारीले भने। 

‘डिजिटल एल्गोरिदम’ ले सिड्नीमा १५ हजार भन्दा बढी साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई बजार, व्यवसाय प्रबर्धन, ब्राण्डिङ लगायतका क्षेत्रमा सहयोग पुरयाउँदै आएको छ। साथै कम्पनीले नेपाली समुदायका व्यवसायीका लागी सुपथ र सुलभ रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने जनाएको छ।  


अष्ट्रेलियाका साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई सेवा दिईरहेको ‘डिजिटल एल्गोरिदम’ले छिटै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुरयाउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलोपमेन्ट म्यानेजर अधिकारीले बताए।

प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - २०:५५:१५ बजे

नयाँ लहर