Logo

शुक्रवार, भाद्र १९ गते २०८३

महोत्तरीमा थारू संग्रहालय भवनको शिलान्यास

महोत्तरीमा थारू संग्रहालय भवनको शिलान्यास

नयाँ लहर

६, कार्तिक २०८२
महोत्तरीमा  थारू संग्रहालय भवनको शिलान्यास

महोत्तरी । थारू समुदायको भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि महोत्तरीको भँगाहा नगरपालिका–६ मा ‘थारू संग्रहालय भवन’ निर्माण कार्य सुरु गरिएको छ।

थारू सांस्कृतिक तथा पर्यटन केन्द्रको आयोजनामा वडा नं. ७ स्थित तपस्वी तर्सरी बाबा मठ परिसरमा बुधबार विशेष समारोहबीच ६० लाख रुपैयाँ लागतको भवनको शिलान्यास गरिएको हो। भवन ९ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रम संस्थाका अध्यक्ष राम नारायण चौधरीको अध्यक्षता र संरक्षक इन्जिनियर सुदीप कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रमुख अतिथि चौधरीले संग्रहालयले थारू समुदायको इतिहास र पहिचानलाई भावी पुस्तासम्म पुर्‍याउन र स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

पूर्वराज्यमन्त्री नागेन्द्र प्रसाद चौधरी, पूर्वसांसद रामप्रकाश चौधरी, थारू कल्याणकारिणी सभाका पूर्व महामन्त्री अमिरी प्रसाद चौधरीलगायतको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले संग्रहालय निर्माण र मठ क्षेत्रको पर्यटन विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित मिति :कार्तिक ६, २०८२ बुधवार - २१:५५:१७ बजे

नयाँ लहर

सम्बन्धित समाचार