Logo

शुक्रवार, भाद्र १९ गते २०८३

राजतन्त्रको एजेन्डामा फर्किएका कमल थापा बिरामी पारस भेट्न अस्पतालमा

राजतन्त्रको एजेन्डामा फर्किएका कमल थापा बिरामी पारस भेट्न अस्पतालमा

नयाँ लहर

१६, भाद्र २०८०
राजतन्त्रको एजेन्डामा फर्किएका कमल थापा बिरामी पारस भेट्न अस्पतालमा

काठमाडौँ । मुटुमा असजिलो महसुस भई उपचारको निमित्त ह्याम्स अस्पतालमा भर्ना भएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था बुझ्न राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बिहान ह्याम्स अस्पताल पुगेका छन् । 

भेटमा पूर्व युवराज पारसले आफू ठिक रहेको र अहिले खासै केही समस्या नभएको बताएको तथा थापाले स्वास्थ्य  लाभको कामना सहित केही समय आराम गर्न भनेको स्रोतले बतायो। 

पारसलाई भेट्नको निमित्त अध्यक्ष थापासँग राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला पनि रहेका थिए । अस्पताल स्रोतका अनुसार पारसको आजै डिस्चार्ज हुनेछ ।
राप्रपा नेपाल हालै सम्पन्न केन्द्रीय समिति बैठकबाट राजतन्त्रको एजेन्डामा फर्किएको थियो । 

प्रकाशित मिति :भाद्र १६, २०८० शनिवार - १३:१९:२३ बजे

नयाँ लहर

सम्बन्धित समाचार