काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ५ गोलढुङ्गा नगिनी खोला आगडिबाट मंगलबार सशस्त्र प्रहरी बलले नक्कली नोट सहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।
सोही ठाउँमा हिम्मत बमको घरमा भाडामा बस्ने खोटाङको दिप्रुङ गाउँपालिका ५ का लक्ष्मी पाण्डे, लमजुङको दोर्दी गाउँपालिका २ का सुवास गुरुङ र रामेछापको गोकुल गंगा गाउँपालिका १ का मदन दमाई नक्कली नोट सहित पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट एक हजारको १ सय ८२ थान नक्कली नेपाली नोट र नोट बनाउन प्रयोग हुने कागज २ सय थान बरामद भएको छ ।
नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकोले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइ राखेको हुन सक्ने आशंका गरिएको छ । उनीहरुलाइ बरामद सामान सहित आबश्यक कारबाहिको लागि स्थानीय प्रहरीलाइ बुझाएको
सशस्त्र प्रहरीले जनाएको छ ।