Logo

शुक्रवार, भाद्र १९ गते २०८३

श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ

श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ

नयाँ लहर

२१, आश्विन २०८१

काठमाडौँ । श्रीमतीको हत्या गरी फरार एक जना भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका जितबहादुर भन्ने काले तामाङ रहेका छन् । गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका-६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन् । घटनाबारे अनुसन्धान गर्दा शेर्पालाई उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका  प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । घटनापछि जितबहादुर भने फरार भएका थिए । उपरीक्षक जिसीका अनुसार उनी उपत्यकाका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा आइतबार कार्यालयको टोलीले भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो ।  जितबहादुरलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ।

प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - १५:५८:४३ बजे

नयाँ लहर

सम्बन्धित समाचार