Logo

शुक्रवार, भाद्र १९ गते २०८३

उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

नयाँ लहर

२१, आश्विन २०८१
उपरथीमा पदोन्नति भएका पाठकलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाली सेनाको उपरथी दर्जामा सहायक रथी  हरेन्द्र पाठकको बढुवा भएको छ । आश्विन १८ गतेको मितिबाट बढुवा भएसँगै सोमबार प्रधानसेनापति अशोक राज सिग्देलले जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

 पदोन्नतिसँगै उपरथी पाठक नेपाली सैनिक वार कलेजको शिक्षाधिकृतमा नियुक्त भएको सेनाले जनाएको छ । 

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मनि कुमार श्रेष्ठ र विष्णु बहादुर कार्कीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।  यसैगरी महासेनानी दर्जामा पदोन्नति भएका डा.निरव कायस्थ, प्रशान्त बज्राचार्य, रित बहादुर रानाभाट, सरोज राना र सुसिल महतले पनि बढुवाको फुली लगाएका छन् ।

प्रकाशित मिति :आश्विन २१, २०८१ सोमवार - १५:३७:४२ बजे

नयाँ लहर

सम्बन्धित समाचार