Logo

शुक्रवार, भाद्र १९ गते २०८३

शिक्षक दरबन्दी थप्ने निर्णय

शिक्षक दरबन्दी थप्ने निर्णय

नयाँ लहर

२०, आश्विन २०८१
शिक्षक दरबन्दी थप्ने निर्णय


काठमाडौं। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । 
प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औं सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरुमा पोस्ट ग्रयाजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए ।  
बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए । 
यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सय सम्म पोष्ट ग्रयाजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्इापक डाक्टर भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए । 
अहिले प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरुमा एक सय १२ जना विद्यार्थी वार्षिक रुपमा पोस्ट ग्रयाजुएट अध्ययन गरिरहेका छन् । शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति :आश्विन २०, २०८१ आइतवार - २१:४४:३८ बजे

नयाँ लहर

सम्बन्धित समाचार