Logo

शुक्रवार, भाद्र १९ गते २०८३

१७ देशमा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

१७ देशमा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

नयाँ लहर

३०, श्रावण २०८१
१७ देशमा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले १७ देशमा प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ । 
बुधबार समितिले एक सार्वजनिक सूचना जारी गर्दै नियुक्ति गर्न नहुने कारण भए १० दिनभित्र उजुरी दर्ता गराउन समय प्रदान गरेको हो । 

सरकारबाट सिफारिस भई संसदीय सुनुवाइका लागि समितिमा पत्र प्राप्त हुन अभएसँगै नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित सोझै समितिको
सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन सकिने सूचनामा उल्लेख छ । 

 सूचना दिने सूचना दाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने छ र  निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिने सूचनामा स्पष्ट गरिएको छ । 

प्रकाशित मिति :श्रावण ३०, २०८१ बुधवार - ०८:१६:११ बजे

नयाँ लहर

सम्बन्धित समाचार