Logo

शुक्रवार, भाद्र १९ गते २०८३

सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर भए गोविन्दराज जोशी 

सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर भए गोविन्दराज जोशी 

नयाँ लहर

१४, श्रावण २०८१
सर्वोच्चबाट पनि भ्रष्टाचारी ठहर भए गोविन्दराज जोशी 

पुर्वमन्त्री गेविन्दराज जोशी सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।   न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए । 

अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र रु ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । 

सअघि विशेष अदालतले जोशीलाई गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र रु दुई करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो । विशेष अदालतकोे उक्त फैसलाविरुद्ध जोशीले २०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए । 

प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - ०७:०८:०९ बजे

नयाँ लहर

सम्बन्धित समाचार