Logo

शनिवार, भाद्र २० गते २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद

नया लहर

२२, मंसिर २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद भएको छ । सुन ल्याइँदै गरेको विशेष सूचनाका आधारमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट खटिएको टोलीले बिहीबार राती १४ किलो सुन बरामद गरेको हो । 

पक्राउ पर्नेमा दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घले र मिन बहादुर घले रहेका छन् । चन्द्र दुबईबाट सुन लिएर आएका व्यक्ति हुन् भने मीन बहादुरचाहिँ नेपालमै सुन खरिद बिक्रीमा संलग्न व्यक्ति भएको बताइएको छ ।  

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले बिहीबार राती ११ः४० बजे फ्लाई दुबईको उडानबाट काठमाडौं आएका घलेले ज्याकेट र जुत्तामा लुकाई ल्याएको सुन बरामद भएको जानकारी दिए । यसबारे अनुसन्धान जारी रहेको उनको भनाइ छ । 

प्रकाशित मिति :मंसिर २२, २०८० शुक्रवार - ०७:२५:४० बजे

नया लहर

This is Technical user

सम्बन्धित समाचार