Logo

शुक्रवार, भाद्र १९ गते २०८३

नबिल र एनआइसी एसिया बने उच्च नाफा कमाउने बैंक 

नबिल र एनआइसी एसिया बने उच्च नाफा कमाउने बैंक 

नयाँ लहर

२३, श्रावण २०८०
नबिल र एनआइसी एसिया बने उच्च नाफा कमाउने बैंक 


गत  आर्थिक  वर्षको  चौथो  त्रैमाससम्ममा  नबिल बैङ्क लिमिटेड सबैभन्दा बढी नाफा कमाउने बैङ्कका रूपमा दर्ज भएको को छ । 
बैङ्कले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार  हाल  सञ्चालनमा  रहेका  बैङ्कहरूमध्ये  नबिल बैङ्क अगाडि रहेको छ ।

बैङ्कले गत आवको असार मसान्तसम्ममा सात  अर्ब  ५२  करोड  ७१  लाख  रुपियाँ  खुद  नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो ।

 अघिल्लो आवको सोही अवधिसम्ममा बैङ्कले चार अर्ब २५ करोड ६० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । 

एनआइसी  एसिया  बैङ्कले  गत  आर्थिक  वर्षको चौथो त्रैमासमा चार अर्ब ६५ करोड रुपियाँ मुनाफा आर्जन गरेको छ । बैङ्कले प्रकाशित गरेको आव २०७९÷८० को चौथो त्रैमासको अपरिष्कृत १० प्रतिशतले नाफा बढाएको वित्तीय विवरण छ । 

प्रकाशित मिति :श्रावण २३, २०८० मंगलवार - ०७:२४:२९ बजे

नयाँ लहर