Logo

शुक्रवार, भाद्र १९ गते २०८३

२३ निर्माण कम्पनी कालोसूचीमा 

२३ निर्माण कम्पनी कालोसूचीमा 

नयाँ लहर

१५, आश्विन २०८१
२३ निर्माण कम्पनी कालोसूचीमा 

काठमाडौँ । सरकारले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायले गरेको सिफासिरका आधारका कालोसूचीमा राख्ने निर्णय गरेको हो हो । 

कालोसूचीमा राखिएका निर्माण कम्पनीले कालोसूचीमा राखिएको अवधिभर कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सूचनामा उल्लेख छ । सरकारी सर्त र सम्झौताअनुसार काम नगरेकाले सबै प्रक्रिया पूरा गरेर सरकारले १ देखि ३ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय गरेको हो । 

प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - ०८:१४:०५ बजे

नयाँ लहर