Logo

शुक्रवार, भाद्र १९ गते २०८३

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

नयाँ लहर

१३, आश्विन २०८०
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ । पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय भएको छ । नेपाल आयल निगमका अनुसार हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढाएको छ ।  यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । 
मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ भने यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ । 
शनिबार इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै निगमले पनि बढाएको हो । निगमले स्वतालित मूल्य प्रणालीअनुसार भन्दै निरन्तर मूल्य बढाइरहेको छ । 
सोहीअनुसार स्वचालित मूल्य प्रणालीअनुसार परिवर्तिम मूल्यमा भ्याट समायोजन गरेर मध्यरातदेखि लागू हुनेगरी मूल्यवृद्धि गरिएको निगमको भनाइ छ।  

प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - २२:३१:२१ बजे

नयाँ लहर