Logo

शुक्रवार, भाद्र १९ गते २०८३

काठमाडौँको फोहर व्यवस्थापनमा पहल : कोरियन कम्पनी लिएर बिनोद कुँवर नेपालमा

काठमाडौँको फोहर व्यवस्थापनमा पहल : कोरियन कम्पनी लिएर बिनोद कुँवर नेपालमा

नयाँ लहर

९, आश्विन २०८०
काठमाडौँको फोहर व्यवस्थापनमा पहल : कोरियन कम्पनी लिएर बिनोद कुँवर नेपालमा

 फोहोर व्यवस्थापनमा गैरआवासीय नेपाली संघले पहल थालेको छ । एनआरएनएको पहलमा कोरियन कम्पनीले काठमाडौँको फोहोर व्यवस्थापन हुने बञ्चरेडाँडा क्षेत्रको भ्रमण गरेको छ ।

अध्यक्ष बिनोद कुँवरको अग्रसरतामा कोरियन कम्पनी सेन्जेन ग्रीन एण्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र जोङ होउ  सम्मिलित एक प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरी त्यहाँका स्थानीय र कर्मचारीहरुसँग प्रत्यक्ष संवाद गरी आधुनिक प्रविधिबाट कसरी फोहरको व्यवस्थापन गर्न सकिन्छ बन्नेबारे छलफल गरेको हो । सो क्रममा स्थानीयले कम्पनीको अग्रसरताप्रति चासो देखाउँदै यसको सही प्रयोग हुन सके आफूहरुले भोग्दै आएको समस्या समाधान हुने विश्वास व्यक्त गरेका थिए । 

यस्तै छलफल पछि शहरी बिकास मन्त्रालयमा मन्त्री सिता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरुसँग पनि टोलीले छलफल गरेको बताइएको छ । 

कम्पनीले विश्वका अन्य देशहरुमा प्रयोगमा ल्याएको फोहर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित उर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरेको अध्यक्ष कुँवरले जानकारी दिए । प्रस्तुतिकरण गर्दै उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पूँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए । 

प्रकाशित मिति :आश्विन ९, २०८० मंगलवार - १८:५०:०८ बजे

नयाँ लहर