Logo

शुक्रवार, भाद्र १९ गते २०८३

गायिकाद्वय विष्णु र सुशीलाले सञ्चालनमा ल्याए दाङमा दोहोरी साँझ

गायिकाद्वय विष्णु र सुशीलाले सञ्चालनमा ल्याए दाङमा दोहोरी साँझ

नयाँ लहर

३, मंसिर २०८१
गायिकाद्वय विष्णु र सुशीलाले सञ्चालनमा ल्याए दाङमा दोहोरी साँझ

काठमाडौँ । कलाकारितासँगै गायिकाद्वय विष्णु सुनुवार र सुशीला थापा मगरले व्यवसायमा हात हालेका छन् । उनीहरूले दाङको घोराहीमा सोमबारदेखि ‘झोर्ले दोहोरी साँझ’ सञ्चालनमा ल्याएका हुन् । 
पारिवारिक वातावरणमा दाङ र आसपासका क्षेत्रका लोकदोहोरी गीत प्रेमीलाई मनोरञ्जन दिलाउने उद्देश्यका साथ आफूहरूले व्यवसाय सुरु गरेको विष्णुले बताइन् । स्थानीय सहिद गेटदेखि थोरै भित्र नवील बैंक रहेको भवनमा दोहोरी साँझ सञ्चालन रहेको भन्दै उनले लगानीमा आफू र सुशीलसहित अन्य दुई जना पनि रहेको उनले बताइन् । व्यवसाय सुरु गर्नका लागि करिब ६५ लाख खर्च भएको बताउँदै उनले आफ्नो व्यक्तिगत लोकसंगीत पनि साथमा लैजाने योजना रहेको सुनाइन् । 
विष्णुले अहिलेसम्म २२ वटा गीत निकालिसकेकी छन् भने ‘भैँसी गोठैमा, पोहोर परार कोरोनाले निस्कन पाइएन’सहितका राम्रो गीत चलेको बताइन् । लाइभ दोहोरीमा पनि  जमेका उनीहरूले दाङमा सम्भावना देखेर लगानी गरेको बताए ।  
यस्तै सुशीलाले पनि लाइभ दोहोरीबाहेक एक दर्जन भन्दा पनि गीतमा स्वर भरेकी छन् । त्यसमा केही गीत चलेको उनको भनाइ छ । उनका अनुसार दोहोरी साँझमा ३० जनालाई रोजगारी समेत दिइएको छ ।

प्रकाशित मिति :मंसिर ३, २०८१ सोमवार - २३:०३:३६ बजे

नयाँ लहर