काठमाडौँ । लक्ष्मण सुनारको कथा तथा निर्देशन रहने फिल्म हो ‘कल्ली’ । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म‘कल्ली’को मुख्य भुमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् ।
निर्माण युनिटले सोमबार उनलाई मुख्य भुमिकाको लागि अनुबन्धित गरेको हो । फिल्ममा सौगातको भूमिका कस्तो हुने भन्ने निर्माण पक्षले केही खुलाएको छैन ।
किरण नेपालीको प्रस्तुतिमा तयार हुन लागेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद छ । फिल्मका निर्माण प्रमुख सुरज आचार्य हुन् ।
फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत्रको २९ गतेबाट रिलिज हुँदैछ ।
फिल्मको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए । सबै कलाकार छनौट गरेर तिहारपछि फिल्मको छायांकन सुरु गर्ने तयारी भैरहेको बताइन्छ ।