काठमाडौँ । मंगलबार भारी वर्षासँगै आएको बाढीले तीन नदीले खतराको तह पार गरेका छन् । ललितपुरमा र रौतहटमा बागमती नदीले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै सिन्धुलीमा कमला नदीले पनि खतराको तह पार गरेको महाशाखाले जानकारी दिएको छ ।
यस्तै सुर्खेतमा कर्णाली, बर्दियामा बबई, मकवानपुरमा बागमती, बर्दियामा कर्णाली नदी पनि खतराको स्थितिमा पुगेको छ । तीमध्ये कतिपय स्थानमा बाढी बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ । अन्य नदीहरु भने खतराको तहभन्दा तल रहेका छन् ।