Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एनआरएनएमा विनोद कुँवरले देखाए आफ्नो क्षमता, यसरी सफल बनाए एकता महाधिवेशन

एनआरएनएमा विनोद कुँवरले देखाए आफ्नो क्षमता, यसरी सफल बनाए एकता महाधिवेशन

नयाँ लहर

२७, बैशाख २०८२
एनआरएनएमा विनोद कुँवरले देखाए आफ्नो क्षमता, यसरी सफल बनाए एकता महाधिवेशन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औँ महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष हुन्, विनोद कुँवर ।

सोही महाधिवेशनमा अर्को समूहबाट बद्री केसी, कुल आचार्य र रविना थापा अध्यक्ष बन्दा उनी पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा भएको महाधिवेशनबाट अध्यक्ष चयन भएका थिए । 

१० औँ महाधिवेशन दुई तिर भएपनि एनआरएनएको आधिकारिकता परराष्ट्र मन्त्रालयले तीन अध्यक्ष भएकोतिर दिएपछि कुँवर अदालत गएका थिए । सोही आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले २०८० चैतमा एकता महाधिवेशन गराउनेगरी परमादेश दियो । 

अदालतले परमादेशमात्रै दिएन १० औँ महाधिवेशनपछिको एनआरएनएको सबै गतिविधि अवैध ठहर गर्दै एकताको महाधिवेशन गर्नेगरी पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा २०७८ माघ १ को बिन्दुबाट गतिविधि सुरु गरेर एकता महाधिवेशन गराउन आदेश दियो । सोही घले नेतृत्वको कमिटीमा सर्वोच्चले १३ जना चयन गरेकोमा एक जना थिए, कुँवर नै । 

सर्वोच्चको परमादेशअनुसार १० औँ महाधिवेशनलाई आफूले आधिकारिकता नपाएपनि उनले एकता महाधिवेशन गराउनका लागि महत्वपूर्ण भूमिका खेलेको एनआरएनए वृत्तमा चर्चा छ । बोलेर भन्दा पनि काम गरेर नतिजा निकाल्नुपर्छ भन्ने मान्यता राख्ने कुँवरले आफ्नो सबै व्यापारिक व्यस्ततालाई एक ठाउँमा राखेर एनआरएनएको एकता महाधिवेशनलाई सफल बनाउन ठुलो भूमिका खेलेका थिए । जसअनुसार उनले सरकारी निकायहरुसँग समन्वयका साथै सर्वोच्चको फैसलाअनुसार अघि बढ्नका लागि आवश्यक सबै प्रशासनिक र समन्वयकारी भूमकिा निर्वाह मात्रै गरेनन् पूर्वअध्यक्ष शेष घलेको बलियो सारथिका रुपमा काम गरे । यस्तै उनी एकता महािधवेशन सफल बनाउन विभिन्न देशको भ्रमणमा पनि पुगे । 

टीममा रहेकाहरुसँग आवश्यक समन्वयका साथै एकता महाधिवेशनसम्बन्धी सबै रणनीतिक कार्यलाई उनले कुशलतापूर्वक पार लगाएकै कारण पनि एकता महाधिवेशन सफलतापूर्वक सम्पन्न हुन पाएको बताइएको छ । 

कोरियाका स्थापित व्यवसायी कुँवरको नेपालमा समेत कोरियन प्रविधिमा आधारित व्यवसायहरु रहेका छन् । उनले भने, ‘कुनै पनि काम थालेपछि सफलतापूर्वक सम्पन्न गनुपर्छ भन्ने मेरो मान्यता छ । सोहीअनुसार इमानदार भएर काम गर्दा सफलता हात पर्छ भन्ने अनुभूति भएको छ ।’ सबैको टीमवर्कका कारण एकता महाधिवेशन वैशाख २० र २१ मा गरेर महेशह श्रेष्ठलाई सर्वसम्मत नेतृत्व चयन गर्न सकिएको बताए । 

उनले एनआरएनएलाई अझै पनि एकताबद्ध गराउन बाँकी रहेको भन्दै आगामी दिनमा पनि भूमिका खेल्न तयार रहेको बताए । 

प्रकाशित मिति :बैशाख २७, २०८२ शनिवार - २२:५४:२५ बजे

नयाँ लहर

सम्बन्धित समाचार