काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद एनआरएनएको ११ औँ महाधिवेशनमा भएको धाँधलीबारे बोलेका छन् । उनले धाँधलीबारे जानकारी आएको भन्दै यसबारे मन्त्रालय तीन अध्यक्ष (११ औँ महाधिवेशनअधिका अध्यक्ष)को छानबिन रिपोर्टको प्रतिक्षामा रहेको बताए । यसअघि नै तत्कालीन अध्यक्षहरु कुल आचार्य, रविना थापा र बद्री केसीले धाँधलीबारे छानबिनसम्बन्धी रिपोर्ट पछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउने भनेर विज्ञप्ति जारी गरेको जानकारी मन्त्रालयमा रहेको भन्दै उनले तर अहिलेसम्म तीन अध्यक्षले छानबिनको परिणाम नदिएको बताएका हुन् ।
असन्तुष्ट पक्षको विरोधका बीच बद्री केसीले नयाँ अध्यक्षको रुपमा शपथ खाएर काम गर्दै आएपनि परराष्ट्रमन्त्री तीन अध्यक्षको विज्ञप्तिमै अडिएका करण केसीको पक्षमा नभएको स्पष्ट भएको हो ।
कतार हुँदै युरोप भ्रमणका लागि जर्मनी पुगेका परराष्ट्रमन्त्रीले तीन वटै अध्यक्षले छानबिनको प्रतिबेदन अहिलेसम्म नदिएको बताए । ‘निर्वाचनका सन्दर्भमा केही कमी भयो भन्ने किसिमको वक्तव्य आयो । तीन जनामध्ये दुई वटा उम्मेदवारले परराष्ट्र मन्त्रालयमा छानबिन गरिदिन भनेर आवेदन पनि आएको छ । त्यसअघि तीन वटा अध्यक्षले संयुक्त वक्तव्य निकालेर हामी यसको छानबिन गर्छौँ र छानबिन पछि परिणाम निकाल्छौँ भनेर सार्वजनिक प्रतिबद्धता जनाउनु भएको छ । त्यसको बारेमा तीन वटै अध्यक्षले छानबिनको प्रतिबेदन हामीकहाँ ल्यएको छैन’, उनले भने ।
यसको बारेमा मन्त्रालयले अध्ययन गरिरहेको भन्दै साउदले आफू विदेशमा रहेका नेपालीहरु मिलेर अघि बढून् भन्ने पक्षमै रहेको बताए । तर, नमिलेको खण्डमा सरकारले नियमअनुसार आवश्यक निर्णय गर्ने उनको भनाइ छ । ‘ विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई नेपालीहरुको एकतापनि अक्षुण राख्नेगरी काम गर्नुस् भन्ने मेरो सल्लाह छ । बाँकी सरकारको तर्फबाट गर्ने कामहरु हामी कानुन बमोजिम आफ्नो दाष्यित्व निर्वाचह गछौँ नै’, उनले भने ।
११ औँ महाधिवेशनमा बद्री केसीले भेरो सिस्टम ह्याक गरेर चुनाव आफ्नो पक्षमा पारेको आरके शर्मा र महेश श्रेष्ठले लगाउँदै आएका छन् । तर एकपक्ष्ीय रुपमा बद्रीले शपथ लिएपछि शर्मा र श्रेष्ठले पनि शर्माको नेतृत्वमा नयाँ कार्यसमिति बनाएका छन् । दुई समूह भएपछि यतिबेला परराष्ट्रमा एनआरएनएको विवाद विचाराधीन छ ।
यसैबीच बद्रि केसी समुहका पदाधिकारीहरुले एनआरएनएका निबर्तमान उपाध्यक्ष एबम अध्यक्ष पदका प्रत्यासी महेश श्रेष्ठलाई संस्था भित्रको बिबाद मिलाउन सहयोग गरिदिन अनुरोध गरेको खुलेको छ। बेलायतबाट जापान पुगेका केसी समुहका उपाध्यक्ष डा हेमराज शर्मा, उपाध्यक्ष रविन शेरचन, रोशन थापा लगायतले निर्वाचनमा भएको कमजोरी र धादलीको सत्य तथ्य छानबिन गरेर संस्थालाई एकजुट बनाउन अग्रसरता लिन श्रेष्ठलाई आग्रह गरेका हुन ।
श्रेष्ठले बेलायत देखि आफु बासोबास गर्ने देशमा आएका पूर्व सहकर्मि डा शर्मा लगायतका साथीहरुसँग भेट भएको र सो भेटमा संस्था भित्र बढ्दै गएको बिग्रहका बारेमा छलफल भएको बताए । अनलाइन निर्वाचनमा धादली गर्नेहरुलाई आम गैर आबासीय नेपालीले चिन्नु आबस्यक रहेकोले छानबिन गरी दोशिलाई कार्यबाही गरेर संघको अभियानलाई बिश्वाशिलो बनाउन आबस्यक रहेको धारणा आफुले राखेको श्रेष्ठले जानकारी गराए