Logo

शुक्रवार, भाद्र १९ गते २०८३

एनआरएनएको सहकोषाध्यक्षमा तिमल्सिनाद्वारा उम्मेदवारी दर्ता

एनआरएनएको सहकोषाध्यक्षमा तिमल्सिनाद्वारा उम्मेदवारी दर्ता

नयाँ लहर

२९, आश्विन २०८०
एनआरएनएको सहकोषाध्यक्षमा  तिमल्सिनाद्वारा उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ एनआरएनएको सहकोषाध्यक्ष पदमा कृष्ण तिमल्सेनाले उम्मेदवारी दर्ता गराएका छन् । एनआरएनएको विधानअनुसार तीन जना सहकोषाध्यक्ष रहने व्यवस्था छ । 

तिमल्सिनाले संघको बालुवाटारस्थित कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा तिलक भट्टराई र मोहनलाल ओली तथा समर्थकमा भगिरथ योगी र सुरेन्द्र श्रेष्ठ रहेका छन् । 

तिमल्सेनाले संघको आर्थिक पारर्शिता आफ्नो मेरो मुल एजेण्डा रहेको बताए । ‘संघको आर्थिक कोषलाई बलियो, सशक्त र पारदर्शी बनाउन लागिपर्छु’, उनले भने । तिमल्सेनाले सबैको विश्वासले प्राप्त मतको कदर गर्दै सक्रियतापूर्वक गैरआवासीय नेपाली अभियानमा लाग्ने प्रतिबद्धता पनि जनाएका छन् । एनआरएनएभित्र इमानदार छवि बनाएका उनी बलियो उम्मेदवारका रुपमा हेरिएका छन् । 

धादिङको धादिङमा जन्मिएका तिमल्सेना सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय छन् । उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसकेका छन् । 

प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - ०६:५८:०४ बजे

नयाँ लहर

सम्बन्धित समाचार