Logo

शुक्रवार, भाद्र १९ गते २०८३

नेपाल दुबै खेल हारेर एसिया कपबाट बाहिरियो

नेपाल दुबै खेल हारेर एसिया कपबाट बाहिरियो

नयाँ लहर

१९, भाद्र २०८०
नेपाल दुबै खेल हारेर एसिया कपबाट बाहिरियो

काठमाडौँ । नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार राति सम्पन्न खेलमा भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

भारतको जितमा दुई खेलाडीले अविजित अर्धसतक कटाए ।  कप्तान रोहित शर्माले अविजित ७४ रन तथा सुभमन गिलले  ६७ रन बनाएका हुन् । शर्माले ५९ बल खेल्दै पाँच छक्का र ६ चौका प्रहार गरे । यस्तै गिलले ६२ बल खेल्ने क्रममा एक छक्का र आठ चौका हिर्काए । 

यसअघि नेपालले ४२ दशमलव २ ओभरमा सबैविकेट गुमाउँदै २ सय ३० रनको योगफल बनाएको थियो । 

तर, श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा नेपालले दिएकदुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा बाधक बनेपछि निर्धारित ५० ओभरको खेललाई छोटयाएर २३ ओभरमा झारिएको थियो । भारतले एक सय ४५ रनको नयाँ लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्य भारतले बिना कुनै विकेट २० दशमलव एक ओभरमा पूरा गर्यो । 
यसअघि पाकिस्तानसँग पहिलो खेलमा नेपाल पराजित भएको छ । दुई खेलमा हारेसँगै नेपाल समूह चरणबाटै घर फर्किन लागेको हो । एसिया कपमा नेपालको यो पहिलो सहभागिता रहेको थियो । 

प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - ००:५९:०४ बजे

नयाँ लहर