कतिपयमा छाला चम्किलो र सुन्दर बनाउने हरेकको इच्छा हुन्छ । अनुहार उज्यालो देखियोस् र उमेर पनि कम देखियोस् भनी धेरैले अनेक उपाय लगाइरहेका हुन्छन् । चम्किलो छाला पाउनका लागि तपाईंले टाढा भौंतारिनै पर्दैन । सजिलै उपलब्ध हुने दही छालामा लगाएर हेर्नुस् त, तपाईंको छाला कसरी चमचम चम्किन्छ ?
दहीका फाइदा-
दहीले छालामा मोइस्चराइजरको काम गर्छ । बजारमा पाइने मोइस्चराइजरमा बरू केमिकल मिसिएका हुन सक्छन् अनि अनुहार बिगार्न सक्छन् तर दही लगाउँदा कुनै साइड इफेक्ट हुँदैन । यसले त्वचालाई मुलायम बनाउँछ ।
दहीमा उपलब्ध लेक्टिक एसिडले छालामा फेसियल मास्कको काम गर्छ र छालाभित्र रहेका विकारलाई बाहिर निकाल्छ ।
दहीमा गाजर, काँक्रो, मेवा जस्ता फलको रस मिसाएर छालामा लगाउँदा त्वचा चहकिलो हुन्छ । मौसम अनुसारको तरकारीको रस दहीमा मिसाएर छालामा लगाएपनि सुन्दर बनाउँछ ।
छालालाई ताजा बनाउनका लागि दहीमा कागतीको रस मिसाउनुहोस् ।
अनुहारमा भएका दाग हटाउनका लागि दहीमा बेसन मिसाएर लगाउनु फाइदाजनक हुन्छ ।
दहीले कपाललाई पनि मजबुत बनाउँछ । तपाईंको छाला रुखो छ भने आधा कप दहीमा सानो चम्चामा जैतुनको तेल र कागतीको रस मिसाउनुस् अनि अनुहारमा लगाउनुस् । त्यसपछि मनतातो पानीले मुख धुनुस् ।
दहीले अनुहारका अलावा नङ र कपाललाई पनि फाइदा पु-याउँछ । हप्ताको दुईचोटि कपालमा दही लगाउँदा सुखा र निर्जीव जस्तो देखिने कपाल पनि चम्किलो हुन्छ ।
ओन्लीमाइहेल्थ डटकमबाट