Logo

शुक्रवार, भाद्र १९ गते २०८३

भलिबल हेर्न उपस्थित दर्शकको संख्याको विश्व कीर्तिमान 

भलिबल हेर्न उपस्थित दर्शकको संख्याको विश्व कीर्तिमान 

नयाँ लहर

१४, भाद्र २०८०
भलिबल हेर्न उपस्थित दर्शकको संख्याको विश्व कीर्तिमान 

 अमेरिकामा भएको नेबरास्का भलिबल प्रतियोगिता हेर्न उपस्थित भएको दर्शकको संख्याले विश्व कीर्तिमान नै बनाएको छ । 

सिकागोमा आयोजित भलिबल प्रतियोगिता हेर्न ९२ हजारभन्दा बढी दर्शक उपस्थित भएको समाचारमा जनाइएको छ । 
कुनै पनि महिला खेलमा यतिधेरै दर्शक उपस्थित भएको यो पहिलो पटक हो । उक्त खेल नेबरास्का र ओमाहाबीच भएको थियो । खेल स्थानीय विद्यालयको फुटबल मैदानमा खेलिएको थियो । खेल हेर्न ९२ हजार तीनजना दर्शक उपस्थित भएका थिए ।

यसअघि महिला खेलकुदमा सर्वाधिक दर्शकको कीर्तिमान गत वर्ष बार्सिलोना र रियल म्याड्रिडबीच भएको फुटबल खेलले बनाएको थियो । बार्सिलोना र रियल म्याड्रिडबीचको उक्त खेल च्याम्पियन्स लिगअन्तर्गत भएको थियो । उक्त खेलमा ९१ हजार ६ सय ४८ दर्शक उपस्थित भएका थिए ।

नेबरास्का र ओमाहाबीचको उक्त भलिबल खेल प्रदर्शनी खेल थियो । यसअघि भलिबल खेल हेर्न २० हजारको हाराहारीमा दर्शक आउने गरेका थिए । यो प्रदर्शनी खेलका लागि भने निकैअघिदेखि प्रचारप्रसार गरिएको थियो ।

अमेरिकामा यति धेरै समर्थक खेल हेर्न उपस्थित भएको यो पहिलो पटक हो ।

प्रकाशित मिति :भाद्र १४, २०८० बिहिवार - १८:२९:२३ बजे

नयाँ लहर