Logo

शुक्रवार, भाद्र १९ गते २०८३

गिरोह र केही मिडिया मविरुद्ध संगठित रुपमा लागेः ल्हारक्याल  लामा 

गिरोह र केही मिडिया मविरुद्ध संगठित रुपमा लागेः ल्हारक्याल  लामा 

नयाँ लहर

२२, श्रावण २०८०
गिरोह र केही मिडिया मविरुद्ध संगठित रुपमा लागेः ल्हारक्याल  लामा 

काठमाडौँ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल  लामाले आफूले बुद्धका उपदेशबाट एक इन्च दायाँबायाँ नगरेको बताएका छन् ।  आफ्नो जीवन दर्शन र आफूले आर्जन गरेको शिक्षाले त्यो गर्न नमिल्ने उनले दाबी गरे। 

सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूमाथि लगाइने नियोजित र निराधारहरु आरोपहरुको खण्डन कामबाटै गर्ने दाबी गरे।
उनले भने,‘लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर मेरो लागि गहन जिम्मेवारी हो। जुन दर्शन र सभ्यताको अन्तर्राष्ट्रियकरण गर्न मैले व्यक्तिगत रुपमा भूमिका खेलिरहेको थिएँ अब राज्यको जिम्मेवारीमा रहेर त्यसलाई प्रमाणित गर्नेछु।’ लामाको नियुक्तिलाई लिएर कतिपयले प्रश्न उठाउनुका साथै आलोचना गरिरहेका बेला उनले यस्तो बताएका हुन् । 
लामाले आफूलाई राज्यले जिम्मेवारी दिनेबेला लाञ्छाना लगाउने गिरोह र केही मिडिया सधैं संगठित रुपमा सक्रिय हुने गरेको आरोप समेत लगाए । 

 

प्रकाशित मिति :श्रावण २२, २०८० सोमवार - २३:४२:०६ बजे

नयाँ लहर